Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
19.1 C
Kathmandu

फेटा गाउँपालिकाले ४० करोड ९ लाखको बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत

spot_img

वीरगंज,०६ असार । बारा जिल्लाको फेटा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४० करोड रुपैयाँभन्दा बढीको बजेट पारित गर्दै १६औँ गाउँसभा सम्पन्न गरेको छ। शुक्रबार सम्पन्न गाउँसभामा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले नीति, कार्यक्रमसहित ४० करोड ९ लाख २२ हजार ३ सय ४४ रुपैयाँको बजेट प्रस्तुत गरे।

गाउँसभामा बजेट प्रस्तुत गर्दै अध्यक्ष अन्सारीले दिगो विकास, समावेशी नीति र नागरिकमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको बताए। शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सामाजिक सुरक्षा र स्थानीय रोजगारी सिर्जना जस्ता क्षेत्रहरूमा विशेष जोड दिइएको उनले स्पष्ट पारे।

“गाउँपालिकाको समग्र विकासको लागि हामी सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्नेछौं,” अध्यक्ष अन्सारीले भने, “बजेटमार्फत आधारभूत आवश्यकता पूरा गर्दै जनताको जीवनस्तर उठाउने लक्ष्य लिएका छौं।”

गाउँसभामा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, पत्रकार तथा नागरिक समाजका अगुवा सहभागी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once