इजरायलमा संकटमा रहेका नेपालीको उद्धारका लागि दूतावास सक्रिय

spot_img

काठमाडौं,०४ असार । इजरायलको तेल अविवस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपालीको उद्धार गर्न रजिष्ट्रेसन प्रक्रिया सुरु गरेको छ।

दूतावासले सूचना प्रकाशित गर्दै नेपालीको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन रजिष्ट्रेसन प्रक्रिया सुरु गरेको हो। ‘इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा-त्रासमा रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम सुरु गरेको छ’, दूतावासले सूचनामा भनेको छ।

यस प्रक्रियामा सहभागी हुन इच्छुक नेपाली नागरिकले दूतावासले उपलब्ध गरेको वेब लिंकमा क्लिक गरी रजिष्ट्रेसन गर्न अनुरोध गरिएको छ। इजरायल र इरानबीच युद्ध चर्किएपछि विभिन्न राष्ट्रले इजरायलमा रहेका आफ्ना नागरिकलाई उद्धार गर्न सुरु गरेका छन्। यसै क्रममा नेपालले पनि प्रक्रिया सुरु गरेको हो। इजरायलमा साढे पाँच हजार नेपाली रहेको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once