सप्तरीमा अनलाइनमार्फत नागरिकता सिफारिस सेवा सुरु

spot_img

जनकपुर,३१ जेष्ठ । सप्तरीमा असार १ गते अथात् आइतबारदेखि अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु हुने भएको छ ।

नागरिकता वितरणसम्बन्धी कार्य तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित एवम् प्रविधिमा आधारित बनाउने उद्देश्यले असार १ गतेबाट अनलाइन प्रणालीबाट सिफारिस सेवा सुरु हुने भएको हो ।

सप्तरीका सबै स्थानीय तहलाई केन्द्रीय नागरिकता सूचना प्रणाली (सिसिआइएमएस) को प्रयोग गरी नागरिकताका लागि अनलाइन प्रणालीबाट सिफारिस गरेर पठाउन सबै तयारी पूरा भइसकेको सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।

अनलाइन सिफारिसका लागि दुई महिना अघिदेखि तयारी थालिएको र जिल्लाका १८ वटै पालिकाका जनशक्तिलाई त्यसका लागि तालिम समेत दिई सकिएको प्रशासकीय अधिकृत जितेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।
वडा कार्यालयबाट अनलाइन सिफारिस सुरु भएपछि सेवाग्राहीले धेरै कागज बोक्ने झन्झटबाट मुक्त हुने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once