Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
spot_img
21.1 C
Kathmandu

ट्र्याक्टर दुर्घटनामा जाजरकोटमा एकको मृत्यु, अर्काे गम्भीर घाइते

spot_img

काठमाडौं,३१ जेष्ठ । जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

शुक्रबार नलगाड नगरपालिका–७ खगेनकोटस्थित जाजरकोट–डोल्पा सडक खण्डमा सरिया बोकेर दल्लीबाट कायाखेत जाँदै गरेको भे १ त ८७११ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परेका नलगाड नगरपालिका–७ बगराका १९ वर्षीय विनोद परियारको उपचारका क्रममा रुकुम पश्चिमको चौरजहारी मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए ।

गम्भीर घाइते १९ वर्षीय जयबहादुर परियारलाई सुरुमा दल्लीस्थित नगर अस्पतालमा प्राथमिक उपचारपछि चौरजहारी मिसन अस्पताल पठाइएको थियो। चौरजहारीबाट उनलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरी निरीक्षक चन्दले बताए ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once