Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
spot_img
21.1 C
Kathmandu

बागलुङमा जीप दुर्घटनामा परी ४ जनाको मृत्यु, १२ जना घाइते

spot_img

बागलुङ,३१ जेष्ठ । बागलुङको ढोरपाटन नगरपालिका–५, अस्तु बतासेडाँडामा शुक्रबार साँझ भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। यस दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।

शुक्रबार साँझ ५ः४५ बजे बुर्तिबाङ बजारबाट ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जीप सडकबाट करिब ६० मिटर तल खसेको थियो। जीपमा १६ जना सवार रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी ढोरपाटन नगरपालिका–२ निवासी ७० वर्षीय नरबहादुर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको घटनास्थलमै मृत्यु भएको थियो।

गम्भीर घाइते भएकी ढोरपाटन नगरपालिका–२ की २१ वर्षीया टीकाकुमारी कुँवरको बुर्तिबाङ प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिए । यसैगरी, सोही वडाकी ७५ वर्षीया मनकुमारी थापाको पोखरास्थित मणिपाल अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको बस्नेतले बताउनुभयो।

दुर्घटनामा जीप चालक बागलुङ ढोरपाटन नगरपालिका–२ का २७ वर्षीय गोविन्द थापा, सोही ठाउँकी १८ वर्षीया लुम्बिनी महत, २३ वर्षीया इन्द्रा कुँवर, २९ वर्षीया निरमाया खत्री, ३८ वर्षीया देवी परियार, ५३ वर्षीया दुर्गी दर्जी, १२ वर्षीया अञ्जु परियार, ८ वर्षीय वियानो बुढा मगर, ५ वर्षीय विनय बुढा, ढोरपाटन नगरपालिका–५ की ३५ वर्षीया डल्ली विक, ढोरपाटन–१ का ११ वर्षीय शिशिर कार्की र ढोरपाटन–५ की ३० वर्षीया टनमाया कुँवर घाइते भएका छन्।

घाइतेहरूको मणिपाल अस्पताल पोखरा र मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once