जनताको हितमा सत्तापक्षसँग दुई बुँदे सहमति : अध्यक्ष दाहाल

spot_img

मोरङ,३१ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक र जनताको वृहत्तर हितलाई केन्द्रमा राखेर सत्तापक्षसँग दुई बुँदे सहमति भएको बताउनुभएको छ। आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा उहाँले भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठन गर्ने विषयमा सहमति भएको जानकारी दिनुभयो।

अध्यक्ष दाहालले सदनबाट निजामती र शिक्षालगायतका महत्वपूर्ण विधेयकहरू द्रुत गतिमा पारित गर्नुपर्ने आवश्यकता औंल्याउँदै यसै कारण सदनमा देखिएको गतिरोधको अन्त्य गरिएको स्पष्ट पार्नुभयो। सोही अवसरमा उहाँले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई पुनः राजनीतिको मूलधारमा ल्याउनका लागि आवश्यक कानुनी व्यवस्था निर्माण गर्नुपर्ने आवश्यकता रहेको पनि औंल्याउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once