Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
20.1 C
Kathmandu

वीरगंजमा अत्यधिक गर्मीका कारण असार १ देखि ६ गतेसम्म विद्यालयहरू बन्द

spot_img

वीरगंज,३१ जेष्ठ । अत्यधिक गर्मीका कारण वीरगंज महानगरपालिकाले विद्यालयहरूमा गर्मी विदा थप गर्ने निर्णय गरेको छ। महानगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा असार १ गते आइतबारदेखि असार ६ गते शुक्रबारसम्म पठनपाठन स्थगित गरिने भएको छ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले शनिबार एक सूचना जारी गर्दै गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिम देखिएकाले सावधानी स्वरूप विदा थप गरिएको जानकारी दिए। उनका अनुसार उक्त विदा वर्षे सट्टे विदाबाट मिलान गरिनेछ।

यस अवधिमा विद्यालयहरूमा औपचारिक कक्षा सञ्चालन नहुने भए पनि विद्यालय प्रशासन भने सूचारु राख्न आग्रह गरिएको छ। यसअघि महानगरपालिकाले जेठ २९ र ३० गते दुई दिनका लागि गर्मी विदा दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once