स्वदेश फर्किए राजेन्द्र महतो

spot_img

काठमाडौँ ,२४ जेष्ठ । राष्ट्रिय मुक्ति पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो आज स्वदेश फर्किएका छन्।

अमेरिकामा बसोबास गर्ने मधेसी समुदायको साझा संस्था मधेसी एसोसिएसन इन अमेरिका (माँ) ले आयोजना गरेको चौथो राष्ट्रिय सम्मेलनमा भाग लिन उनी जेठ ९ गते अमेरिका पुगेका थिए । उनी अमेरिकाको कार्यक्रम सकाएर जेठ २२ गते कतार पुगेका थिए । कतारमा विभिन्न कार्यक्रम तथा भेटघाट सकाएर उनी शनिबार नेपाल फर्केका हुन् ।

कतार बसाइँको क्रममा इदको अवसर पारेर मधेसी एकता समाजले एक कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रमपछि त्यहाँ रहेका मधेसी श्रमिकहरूसँग भेटघाट गरेका थिए ।

अध्यक्ष महतोले त्यहाँका मधेसी श्रमिक तथा व्यापारीसँग सम्बन्ध सुदृढ गर्नुको साथै उनीहरूको समस्याको बारेमा अवगत भएको र त्यो समस्या समाधानका लागी आफूले प्रयास गर्ने बताए ।

स्वागत कार्यक्रममा अध्यक्ष महतोले मधेसको हक अधिकार, समानता, र सामाजिक न्यायका सवालमा आफ्नो धारणा राख्दै प्रवासी नेपालीहरूले देशको समृद्धि र एकतामा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once