Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
20.1 C
Kathmandu

कटहरियामा वृक्षारोपण र जनचेतना कार्यक्रमद्वारा वातावरण दिवस मनाइयो

spot_img

रौतहट,२३ जेष्ठ । रौतहटको कटहरिया नगरपालिका–५ मा अवस्थित श्री बाल कल्याण विधा मन्दिरले विश्व वातावरण दिवसको अवसरमा विविध कार्यक्रमहरू आयोजना गर्दै विशेष रूपमा दिवस मनाएको छ।

विद्यालयका विद्यार्थीहरूले वातावरण संरक्षणसम्बन्धी प्लेकार्डसहित कटहरिया बजार परिक्रमा गरे, जहाँ “हरियो वन नेपालको धन”, “रूख रोपौं, वातावरण जोगाऔं”, “हरियाली छ जीवनको शान”, “प्रकृति हो हाम्रो पहिचान” जस्ता चेतनामूलक नाराहरूको गुन्जन सुनिन्थ्यो।

यस अवसरमा विद्यालयका प्रबन्ध निर्देशक बैजुदास बनियाँले कटहरिया नगरपालिकाको परिसर, इलाका प्रहरी कार्यालय कटहरिया क्षेत्र, तथा बौद्धीमाता मन्दिर नजिक वृक्षारोपण गरिएको जानकारी दिए।

उनका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा वातावरणप्रतिको जिम्मेवारीबोध बढाउनुका साथै स्थानीय बासिन्दामा पनि वातावरणप्रतिको चेतना अभिवृद्धिमा मद्दत पुर्‍याउने विश्वास लिइएको छ।

कार्यक्रममा सहभागीहरूले सामूहिक प्रयासबाट वातावरण संरक्षणको सन्देश फैलिएको महसुस गरेका छन्। वातावरण दिवसको सन्दर्भमा सञ्चालन गरिएको यो अभियानले स्थानीय समुदायमा वातावरणप्रतिको सचेतना बलियो बनाएको उल्लेख गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once