Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
spot_img
16.1 C
Kathmandu

नयाँ सैनिक प्रवक्ताको रूपमा बस्नेतलाई स्वागत, सहायक रथी केसीको सम्मानपूर्वक बिदाइ

spot_img

काठमाडौँ,२२ जेष्ठ । नवनियुक्त सैनिक प्रवक्ता (सहायक रथी) राजाराम बस्नेतलाई जङ्गी अड्डामा स्वागत गरिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयबाट (सहायक रथी) गौरव कुमार केसी बिदा भएका छन् ।

बिहीबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा दुवै जनाले जिम्मेवारी बरबुझारथ गरेका हुन् ।

केसी इटहरी स्थित पूर्वी पृतना मुख्यालयको निमित्त पृतनापतिको रूपमा सरुवा भएका छन् । नवनियुक्त सैनिक प्रवक्ता बस्नेत भक्तपुर स्थित गुण्डुका स्थानीय हुन् । २०५० मा सेकेन्ड लेफ्टिनेन्टबाट सैनिक सेवामा प्रवेश गरेका बस्नेतले बरबुझारथ कार्यक्रममा आफूले भारत, बेलायत, क्यानडा र मलेसियाबाट सैनिक तालिम लिएको बताए । उनले भने, ‘३१ वर्षदेखि सैनिक सेवामा छु ।’

यसअघि उनी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयमा निर्देशक थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once