Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
spot_img
16.1 C
Kathmandu

हिन्दु स्वयंसेवक संघको पथसञ्चलन वीरगंजमा सम्पन्न

spot_img

वीरगंज,२२ जेष्ठ । हिन्दु स्वयंसेवक संघको आयोजनामा वीरगंजमा बुधवार संघ शिक्षा वर्ग २०८२ अन्तर्गत पथसञ्चलन गरिएको छ । प्रत्येक वर्ष नियमित रूपमा संघले आयोजना गर्दै आएको १५ दिने आवासीय प्रशिक्षण कार्यक्रमअन्र्तगत यसवर्षको प्रशिक्षणको बाह्रौँ दिनमा पथसञ्चलन गरिएको हो ।

वीरगंजको ठाकुरराम क्याम्पसअन्तर्गत शिक्षा संकायको लेडिज होस्टेल मैदानबाट सुरु गरिएको पथसञ्चलन नगरका विभिन्न भाग परिक्रमा गर्दै सम्पन्न भएको हो । टाउन हल, घडीअर्वा पोखरी, गीता मन्दिर रोड, माईस्थान घण्टाघर, महावीरस्थान, आदर्शनगर, अलखिया मठ, गणेशमान चोक, विर्ता बजार, पुरानो बसपार्क हुँदै ठाकुरराम बहुमुखी क्याम्पसमा पुगेर समापन भएको थियो ।

हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय सहकार्यवाह रञ्जित साहका अनुसार, “संघले हरेक वर्ष यस्तो प्रशिक्षण कार्यक्रम गर्दै आएको छ, जसले युवाहरूमा राष्ट्रभक्ति, अनुशासन, सेवा भावना र सामाजिक चेतनाको विकास गर्दछ ।”

कार्यक्रममा संघ शिक्षा वर्गका स्वयंसेवकहरू अनुशासित पंक्तिमा सहभागी थिए भने स्थानीय बासिन्दाले समेत ठूलो उत्साहका साथ अवलोकन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once