Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
spot_img
16.1 C
Kathmandu

अध्यक्ष नेपालमाथिको आरोपमा सत्य उजागर गरेर फर्किनेछौं : एकीकृत समाजवादी

spot_img

काठमाडौं,२२ जेष्ठ । नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधव कुमार नेपालविरुद्ध दायर मुद्दालाई योजनाबद्ध राजनीतिक चालको रूपमा लिँदै सत्यको पक्षमा दृढ भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपाल बिरुध्द मुद्दा दायर गरेपछि पार्टीको आकस्मिक बैठक बसेको थियो। बैठकपछि उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले उक्त मुद्दालाई “षड्यन्त्रपूर्ण प्रयास” भन्दै पार्टीले कानुनी लडाइँमार्फत सत्य उजागर गर्ने बताए ।

‘हामी शीर ठाडो बनाएर सत्यका पक्षमा उभिन्छौं,’ उपाध्यक्ष ज्वालाले भने, ‘अदालतबाट निष्कलंक प्रमाणित भई फर्किनेछौं।’ उनले पार्टी पंक्तिलाई एकढिक्का रहन आग्रह गर्दै विगतदेखि नै नेताहरूमाथि यस्ता प्रयास हुँदै आएको तर हरेकपटक जनताले विश्वासका साथ साथ दिएकाे स्मरण गराए।

‘अध्यक्ष नेपालले कहिल्यै सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेका छैनन्,’ ज्वालाले स्पष्ट पारे, ‘हामी कानुनी मार्ग अपनाएर निष्पक्षता प्रमाणित गर्छौं।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once