अवैध हुण्डी कारोबार : १२ लाखसहित दुईजना पक्राउ

spot_img

वीरगंज,१९ जेष्ठ । पर्सा प्रहरीले विशेष सूचनाको आधारमा आईतबार १२ लाख हुण्डी रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पकाहाँ मैनपुर गाउँपालिका २ निवासी २५ बर्षीय सुरेश कुमार बर्णवाल र भारत विहार जिल्ला बेतीया बकुलहर निवासी १९ बर्षीय सत्यम कुमार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीका अनुसार आईतबार अपरान्ह प्रहरी चौकी परवानीपुर पर्साबाट खटिएको टोलीले सवारी साधन नियमित चेकजाँच गर्ने क्रममा मधेश प्रदेश ०३–०२९ प ४९७४ नम्बरको रातो कालो १५० सिसिको पल्सर मोटरसाईकलमा उनीहरुलाई पक्राउ गरेको हो ।

पर्साका प्रहरी नायब उपरिक्षक किशोर लम्सालका अनुसार पक्राउ परेका बर्णवालको साथबाट कालो रंगको ब्यागभित्र लुकाइ छिपाई राखेको अवस्थामा नेपाली एक हजार दरका सात लाख ७१ हजार र पाँच सय दरका नोट आठ सय ५८ थान अर्थात ४ लाख २९ हजार गरी १२ लाख बरामद भएको हो ।

पक्राउ परेकाहरुलाई हिरासतमा राखेर मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा अदालतबाट तीन दिनको म्याद थप गरेर थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायब उपरिक्षक लम्सालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once