Date
शनि, बैशाख २६, २०८३
Sat, May 9, 2026
spot_img
18.1 C
Kathmandu

धरान–धनकुटा सडक खण्ड तत्काल सञ्चालनमा नआउने

spot_img

काठमाडौँ,१७ जेष्ठ । बाढीका कारण कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड सञ्चालनमा केही समय लाग्ने भएको छ । अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले साागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक नै बगाएपछि उक्त सडक खण्ड सञ्चालनमा केही समय लाग्ने भएको हो ।

यातायात सञ्चालनका लागि सडक डिभिजन कार्यालय धनकुटासँग समन्वय भए पनि बाढी कम नभएसम्म वैकल्पिक मार्ग खुलाउन नसकिने प्रहरीले जनाएको छ । सडक नै बगाएपछि पैदलै हिँड्नेहरुलाई समेत कठिनाइ भएको छ ।

सडक अवरोध हुँदा कोशी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईबाट धनकुटा हुँदै भोजपुर, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर यातायात ठप्प भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once