Date
शनि, बैशाख २६, २०८३
Sat, May 9, 2026
spot_img
18.1 C
Kathmandu

रक्त अभाव समाधानका लागि एल.एस न्युरो एन्ड जेनेरल हस्पिटलमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

spot_img

वीरगंज,१६ जेष्ठ । एल.एस न्युरो एन्ड जेनेरल हस्पिटलले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन्। सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित उक्त कार्यक्रममा युवादेखि वृद्धसम्म र महिलाहरूको उल्लेखनीय सहभागिता थियो ।

गर्मी बढेसँगै वीरगंजको ब्लड बैंकमा रक्त अभाव देखिन थालेपछि रक्त आपूर्ति सहज बनाउन शुक्रवार, जेठ १६ गते अस्पताल परिसरमै कार्यक्रमको आयोजना गरिएको हो। हस्पिटलका सञ्चालक रामप्रवेश प्रसाद कुर्मीका अनुसार कार्यक्रमको उद्देश्य रक्त अभाव समाधान गर्नुका साथै समुदायमा रक्तदानबारे जनचेतना अभिवृद्धि गर्नु रहेको थियो।

रक्तदान गर्ने व्यक्तिहरूमध्ये डा. अर्जुन पटेल, नन्देश सिंह, सुमिन्त्रा कुमारी, गोविन्द साह, विक्रम चौधरी, सुनिल कुमार, दीपक साह, सरगम साह, अनुषा कर्की, करुणा कार्की, डा. ओम गुप्ता, ऐशा सुनार र सन्दीप कुमार लगायत थिए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक मनिष गुप्ता र समीर आलमको टोलीले प्राविधिक सहजीकरण गरेका थिए।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री पटेलको उपस्थिति थियो भने कार्यक्रमको अध्यक्षता अस्पतालका प्रबन्ध निर्देशक रामप्रवेश प्रसाद कुर्मीले गरेका थिए।

नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाका सभापति ब्रिज किशोर पटेल, रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, र गण्डक प्रहरी बाराका इन्स्पेक्टर टुपेन्द्र श्रेष्ठले रक्तदान कार्यक्रमको उद्घाटन रक्तको पोका हस्तान्तरण गर्दै गरेका थिए।

अस्पताल प्रशासनका अनुसार आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ र भविष्यमा अझ बृहत् रुपमा आयोजनाको तयारी गरिनेछ।

स्वस्थ समाज निर्माणका लागि यस्ता कार्यक्रमहरू अत्यन्तै महत्वपूर्ण रहेको सहभागीहरूको भनाइ थियो। साथै, उनीहरूले नियमित रक्तदान गर्न सबैलाई प्रेरित गर्न आग्रह गरेका छन्।

तस्विरहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once