सखुवा प्रसौनी (पर्सा) १५ जेष्ठ । सखुवा प्रसौनी गाउँपालिका अन्तर्गत महुवन बजारको मुख्य चौकमा आज गणतन्त्र दिवस २०८२ को अवसरमा नेकपा (एमाले)का कार्यकर्ताहरूले मैनबत्ती बालेर विशेष कार्यक्रममार्फत गणतन्त्र दिवस मनाएका छन्।
कार्यक्रममा स्थानिय एमाले कार्यकर्ताहरूले मैनबत्ती प्रज्वलन गर्दै गणतन्त्र स्थापनामा सहिदहरूको योगदान सम्झिए। गणतन्त्र दिवसले नेपालमा जनताको शासन सुनिश्चित गरेको उल्लेख गर्दै उनीहरूले लोकतन्त्र, समानता र सामाजिक न्यायप्रति प्रतिबद्धता जनाए।
कार्यक्रमले विशेषगरी नयाँ पुस्तामा देशप्रतिको जिम्मेवारी र राजनीतिक चेतना जगाउने उद्देश्य लिएको बताइएको छ। कार्यक्रम स्थलमा स्थानीय बासिन्दा, युवाहरू, तथा पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो।
एमाले कार्यकर्ताहरूले गणतन्त्र दिवसलाई राष्ट्रिय गौरवको दिनका रूपमा मनाउँदै मुल्य, आदर्श र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।





