आजको राजावादी प्रदर्शन सकियो, भोलि फेरि १२ बजेदेखि हुने

spot_img

काठमाडौं,१५ जेष्ठ । १५ जेठका लागि राप्रपासहितका राजावादी समूहले तोकेको प्रदर्शन कार्यक्रम शान्तिपूर्ण रुपमा सकिएको छ ।

कार्यक्रम अवधिभर घुसपैठ गर्न खोजेको आरोपमा राप्रपा नेता, कार्यकर्ताले ३ जनालाई समातेर प्रहरीको जिम्मा लगाएका छन् । बिहीबारको कार्यक्रमबाट एउटा सन्देश गएको भन्दै राजतन्त्र नआउञ्जेल यो प्रदर्शन गरिरहने नेता कमल थापाले बताए ।

‘जहाँ जहाँबाट तपाईंहरु समूहमा आउनु भयो, त्यही ठाउँमा भोलि १२ बजे जम्मा भएर फेरि जुलुस हुँदै काठमाडौंका सबै शहरमा नारा जुलुस लगाउँदै, काठमाडौंलाई उठाउँदै जगाउँदै आउनु होला’, उनले कार्यकर्तालाई आह्वान गर्दै भने, ‘दिनको १ बजेसम्ममा माइतीघर मण्डला र विजुली बजार क्षेत्रमा आउनु होला ।’

प्रदर्शन सकिएपछि भएको सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि यो कास्टिङ मात्र भएको भन्दै व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन निरन्तर हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once