भोलि एमालेपछि मात्र राप्रपाको रत्नपार्क प्रवेश सम्भव

spot_img

काठमाडौं,१४ जेष्ठ । भोलि (बिहीबार) गणतन्त्र दिवसका क्रममा काठमाडौंमा हुने विभिन्न कार्यक्रम व्यवस्थापनका क्रममा राप्रपालाई दिउँसो साढे २ बजेपछि मात्रै रत्नपार्क प्रवेश गर्न दिइने भएको छ।

काठमाडौंमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषिराम तिवारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले त्यस्तो निर्णय गरेको जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए। एमालेले गर्ने गणतन्त्र उत्सवका सम्पूर्ण कार्यक्रम त्यसअघि सक्ने गरी यस्तो तालिका बनाइएको एसएसपी अधिकारीले बताएका छन्।

सैनिक मञ्च, टुँडिखेलमा सरकारले आयोजना गर्ने कार्यक्रम १२ बजेभित्र सकिने, त्यसपछि एमालेको उत्सव भृकुटीमण्डपमा सुरू हुने तालिका छ। एमालेले २ बजेभित्र कार्यक्रम सिध्याउने कारण राप्रपालाई २ः३० मा प्रवेश अनुमति दिइएको अधिकारीले बताए। निर्धारित समय अगावै र त्यसभन्दा बढी समय कसैलाई पनि कार्यक्रम गर्न नदिने नीति जिल्ला सुरक्षा समितिले लिएको उनले बताए । यदि निर्धारित समयअगावै कोही त्यस स्थानमा प्रवेश गर्न खोजे नियन्त्रण गरिने भएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज अधिकारीले भोलि दुई पक्षबीच हुने प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न होस् भन्ने विषयले सुरक्षा प्रबन्ध मिलाइएको बताएका छन् । ‘सीडीओ सा’बले राप्रपाका जिम्मेवार व्यक्तिहरूसँग पनि छलफल गर्नुभएको छ, समय छुट्टाछुट्टै भएकाले शान्तिपूर्ण रूपमा कार्यक्रम सकिन्छ भन्ने ठानेका छौं’, उनले भने, ‘कुनै अप्रिय गतिविधि नहोस् भन्नेमा हामी सचेत छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once