Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
19.1 C
Kathmandu

मनसुन यसै साता नेपाल प्रवेश गर्ने सम्भावना

spot_img

काठमाडौं,१३ जेष्ठ ।  यस वर्षको मनसुन यसै साताको अन्त्यमा नेपाल प्रवेश गर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मंगलबार भारत आसामका केही भू–भागहरू तथा भुटान र बंगलादेशका पूर्व भूभागसम्म मनसुन आइसकेकाले यही साताको अन्तिमतिर नेपाल प्रवेश गर्ने पूर्वानुमान गरिएको हो ।

‘नेपालको पूर्वी भूभागबाट मनसुन आगमन हुने सरदर मिति जुन १३ तारिख हो तर फेबरेबल कन्डिसन देखिएकाले यस वर्षको मनसुन आगमन सरदर भन्दा छिटो हुने देखिन्छ,’ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले भने, ‘यसै साताको अन्त्यसम्ममा नेपालको पूर्वी भूभागबाट मनसुन प्रवेश हुने सम्भावना छ ।’

कहिलेकाहिँ मनसुनी वायु बग्दै नेपालतिर आउनेक्रममा बीच बाटोमा केही दिन रोकिने गरे पनि यस वर्ष त्यस्तो नदेखिएकाले ‘फेबरेबल कन्डिसन’ भनिएको उनको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा नेपालको अधिकांश स्थानमा वर्षा र गर्मी सरदरभन्दा बढी हुने आँकलन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once