Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
19.1 C
Kathmandu

वीरगंजमा लागुऔषधसहित एक जना पक्राउ

spot_img

वीरगंज,१३ जेष्ठ । वीरगंज महानगरपालिका वडा नं. १४ गण्डक चोकस्थित नियमित चेकिङका क्रममा लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक किशोर लम्सालका अनुसार प्रहरी चौकी गण्डक पर्साबाट खटिएको टोलीले वीरगञ्जबाट नारायणगढर्फ जाँदै गरेको बा.प्र.०६-००१ ज ०४०७ नम्बरको सार्वजनिक EV गाडीको छतमा चामलको बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा Tramadol Capsules 50MG ५९९ पत्ता (५९९० ट्याब्लेट) बरामद गरेको हो।

पक्राउ पर्ने व्यक्ति भारतको बिहार राज्य मोतीहारी जिल्ला ढाका थाना फुलवरिया गाउँका ३० वर्षीय महमद रियाज अन्सारी रहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको लागुऔषधसहित अन्सारीलाई थप अनुसन्धानको लागि पर्सा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता लम्सालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once