Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
19.1 C
Kathmandu

सगरमाथाको राजा: कामी रिताको ३१ औं सफल आरोहण

spot_img

काठमाडौं,१३ जेष्ठ । कीर्तिमानी नेपाली पर्वतारोही कामी रीता शेर्पाले ३१ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्। कामी रीताले आज (मंगलबार) बिहान ४ बजे उत्तर पूर्वी प्रान्तमा सगरमाथा (८८४८.८६ मिटर) को चुचुरोमा पाइला टेकेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ ।

सोलुखुम्बुका कामीरिता सेभेन समिट ट्रेक्सकै सिनियर गाइडका रूपमा कार्यरत छन्। जनवरी २, १९७० मा जन्मिएका उनले १९९२ देखि आरोहण सुरु गरेका थिए। योसँगै उनले आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएको सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले बताएका छन्।

‘इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१ औं पटकको सफल आरोहणका लागि बधाइ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। उनी २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहणमा गएका थिए ।

भोलि सगरमाथा आधार शिविरसम्म झर्ने र त्यहाँबाट काठमाडौं फर्किने तालिका छ। अघिल्लो वर्ष उनी ३०औं पटक सगरमाथाको चुचुरोमा पुगेका थिए। २०३९ सालमा १२ वर्षको उमेरदेखि हिमाल आरोहण क्षेत्रमा काम गर्दै आएका कामीरिताले पहिलो पटक २०५१ सालको वसन्तकालीन याममा सगरमाथा आरोहण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once