Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
19.1 C
Kathmandu

ठाकुरराम बहुमुखी क्याम्पसमा ६१ जनाद्वारा मानवता सेवा

spot_img

वीरगंज,१२ जेष्ठ । वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको कार्यक्रममा एक महिला सहित ६१ जनाले रक्तदान गरेका छन् ।

स्वतन्त्र विद्यार्थी युनियनका सभापति राजकुमार यादवको अध्यक्षता तथा नेपाली कांग्रेसका युवा नेता अरविन्द गुप्ताको प्रमुख उपस्थितीमा सम्पन्न कार्यक्रममा ठाकुरराम क्याम्पसका प्रमुख रञ्जित प्रसाद यादव, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, प्राध्यापक संघका पूर्व सभापति प्रमोद कुशवाहा, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, पूर्व स्ववियु सभापति वैकुण्ठ श्रीवास्तव, समाजसेवी प्रकाश उपाध्याय, वीरगञ्ज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह लगायतको उपस्थिती रहेको थियो ।

वीरगंज क्षेत्रमा रगतको बढ्दो अभाव र रक्तसञ्चार केन्द्रको आग्रहलाई मध्यनजर गर्दै यो अभियान सञ्चालन गरिएको सभापति यादवले जानकारी गराए । “रक्तदान नै जीवनदान हो,” उनले भने, “यसले न्यानो मानवता र सामाजिक सहकार्यको भावनालाई बलियो बनाउँछ ।”

रक्तदान गर्नेहरुमा प्रीती पटेल, राहुल सिंह राजपुत, जय नेपाल चौरसिया, राजु पटेल, गुड्डु पटेल, सकलेन मुस्ताक, आलोक सिंह, रिकेश यादव, इम्तियाज हुसेन लगायत रहेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once