Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
20.1 C
Kathmandu

तरकारी बजार छपकैयातिर : विपी उद्यानबाट हटाउने तयारी

spot_img

वीरगंज,१२ जेष्ठ । वर्षौंदेखि बीरगंजको घण्टाघर नजिकैको विपी उद्यानमा अनियमित रूपमा सञ्चालनमा रहेको तरकारी बजार अन्ततः व्यवस्थित रूपमा छपकैयास्थित सार्वजनिक जग्गामा स्थानान्तरण हुने भएको छ ।

वीरगंज महानगरपालिकाले स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार, वडा नम्बर २ स्थित रेल्वे रोडसँग जोडिएको ३२ कठ्ठा सार्वजनिक जग्गामा नयाँ तरकारी बजार निर्माण गरिएको हो ।

बजारका लागि सटरसहितको सेड, शौचालय, वाउण्ड्री वाल जस्ता पूर्वाधारहरू महानगरकै बजेटमा निर्माण गरिएको छ । नवनिर्मित सेडलाई व्यवस्थापन गर्न छिट्टै टेण्डरमार्फत ठेक्कामा दिने तयारी भइरहेको र त्यसपछि विपी उद्यानमा रहेको बजारलाई पूर्ण रूपमा स्थानान्तरण गरिने प्रशासकीय अधिकृत कर्णले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once