Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
19.1 C
Kathmandu

झोला बोकेर मात्रै राजनीति हुँदैन : शेखर कोइराला

spot_img

पाँचथर,१२ जेष्ठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका कार्यकर्ताले नेताको झोला मात्र बोकेर नहुने बताएका छन् । आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न सोमबार पाँचथरको फालेलुङ पुगेका नेता कोइरालाले कांग्रेस कार्यकर्ताहरू स्वाभिमानी बन्नु पर्ने बताएका हुन् ।

‘नेपाली कांग्रेसका कार्यकर्ताहरूले नेताको झोला बोक्ने र उनीहरूको पछि कुदेर मात्र हुँदैन’, कोइरालाले भने ‘कार्यकर्ताहरू स्वाभिमानी बन्नुपर्छ । आफूलाई आफैंले सक्षम नेतृत्वको रूपमा स्थापित गर्नुपर्छ । नेता खुशी पार्न हैन जनतालाई खुशी बनाउने काम कार्यकर्ताले गर्नुपर्छ ।’

नेपाली कांग्रेस फालेलुङ गाँउपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले जथाभावी बोल्दै हिँडेको आरोप पनि लगाए । ‘ओलीजीले जथाभावी बोलिरहनु भएको छ’, उनले भने, ‘प्रधानमन्त्रीले एमालेका कार्यकर्तालाई काठमाडौं कब्जा गर्न निर्देशन दिन मिल्दैन ।’ प्रधानमन्त्री ओलीले पार्टीका कार्यकर्तालाई अनावश्यक उक्साएको कोइरालाको टिप्पणी छ ।

आइतबार नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले जेठ १५ गते काठमाडौंलाई एमालेको कब्जामा राख्न निर्देशन दिएका थिए । सोही दिन राजावादीहरूले पनि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once