Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
19.1 C
Kathmandu

सेयर बजार ओरालो, माइक्रोफाइनान्समा चहलपहल

spot_img

काठमाडौं,११ जेष्ठ । साताको पहिलो दिन आइतबार सेयर बजार ८.५७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २६७९ अंकमा कायम भएको छ ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६० करोडमा सीमित भयो ।

९९ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने एउटाको स्थिर नै रह्यो । माइक्रोफाइनान्स सेक्टरमा भने लगानीकर्ताको आकर्षण देखिएको छ । आज सो सेक्टर २.३२ प्रतिशत बढ्यो । त्यस्तै व्यापार समूह ०.१३ प्रतिशत बढ्यो । यी दुईबाहेक सबै सेक्टर घटे ।

बैंकिङ ०.६६, विकास बैंक १.४६, फाइनान्स ०.९९, होटल तथा पर्यटन १.७५, हाइड्रोपावर ०.३६, लगानी १.०३, जीवन बीमा ०.३३, उत्पादन ०.०३, निर्जीवन बीमा ०.१०, अन्य ०.४५ प्रतिशत घटे ।

ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । रिभर फल्स पावरको ७.५६, लक्ष्मी लघुवित्तको ६.२८, उन्नति सहकार्य लघुवित्तको ६.१६, नेरुडे मिर्मिरे लघुवित्तको ५.८५ प्रतिशत मूल्य बढ्यो ।

सिन्धु विकास बैंकको मूल्य ८.२८ प्रतिशत घट्यो । बाराही हाइड्रोपावरकमो ६.७६ तथा सप्तकोशी विकास बैंकको ५.०७ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप, युनाइटेड मोदी हाइड्रोपावर र हिमालयन पावर पार्टनर क्रमशः अगाडि रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once