Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
19.1 C
Kathmandu

१ खर्ब तरलता वित्तीय प्रणालीमा, राष्ट्र बैंक निक्षेप संकलनमार्फत खिच्दै

spot_img

काठमाडौं,११ जेष्ठ । नेपाल राष्ट्र बैंकलाई वित्तीय प्रणालीको तरलता व्यवस्थापन गर्न हम्मे परेको छ ।

स्थायी निक्षेप मार्फत प्रणालीको तरलता व्यवस्थापन नभएपछि साताको ३ पटकसम्म निक्षेप संकल उपकरण मार्फत तरलता खिच्ने गरेको हो ।

गत साता मात्रै दुई पटक निक्षेप संकलन गरेको केन्द्रीय बैंक यो साता पहिलो दिन आइतबार फेरि २१ दिन अवधिको ३० अर्ब निक्षेप संकलन जारी गरेको छ ।

वैशाख मध्यमा केन्द्रीय बैंकले एक साता अवधिको ३ पटकसम्म निक्षेप संकलन उपकरण प्रयोग गरेको थियो । आइतबार यसभन्दा अघिको २७ अर्ब ५० करोडको निक्षेप संकलन परिपक्व भएसँगै वित्तीय प्रणालीमा करिब ९१ अर्बको तरलता भएपछि केन्द्रीय बैंकले निक्षेप संकलन प्रयोग गरेको हो ।

आइतबारसम्म बैंक तथा वित्तीय संस्थामा अधिक भएको तरलता स्थायी निक्षेप तथा निक्षेप संकलन मार्फत कुल ३ खर्ब ६२ अर्ब केन्द्रीय बैंकमा राखेका छन् । यो रकममध्ये निक्षेप संकलन उपकरणको १ खर्ब ९० अर्ब र स्थायी निक्षेपको १ खर्ब ७२ अर्ब ७५ करोड रुपैयाँ छ ।

स्थायी निक्षेप मार्फत केन्द्रीय बैंकमा रहेको अधिक तरलता ३ दिनका लागि प्रणालीबाट केन्द्रीय बैंकमा रहन्छ । त्यसैगरी पछिल्लो समयको निक्षेप संकलन उपकरण मार्फत केन्द्रीय बैंकमा गएको पैसा २१ दिनका लागि ‘होल्ड’ हुन्छ ।

स्थायी निक्षेप मार्फत केन्द्रीय बैंकमा पैसा राख्दा बैक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजदर पाउँछन् । तर, निक्षेप संकलन उपकरणको ब्याजदर भने बोलकबोल मार्फत निर्धारण हुन्छ । ८ जेठमा निक्षेप संकलनको औसत ब्याजदर २.९९५८ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once