Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
20.1 C
Kathmandu

रौतहटको यूवकमाथी मेनपावरको लुट धान्धा

spot_img

रबिन्द्र प्रजापति
रौतहट,०८ जेष्ठ । रौतहटका यूवाहरुकाथी मेनपारलले लुट माचाएको छ । मेनपावरका दलालहरुले रौतहटबाट दुबई जाने यूवकहरुसंग पैसा असुली गरेर सम्पर्क विहीन छ । मेनपावरका दलालले दुबई पठाई दिन्छु भन्नि विभिन्न लोभ लाल्च दिएर करिब १० महिना देखी सम्पर्क विहीन बनेको छ । एजेन्टले नै सम्पर्क विहीन बनेपछि रौतहटबाट विदेश जाने यूवकहरुले अहिले डिप्रेशनको शिकार बनेको छ । धनुषा जिल्ला आफ्नो घर बताउने मनिष सिंह अहिले रौतहटबाट दुबई जाने यूवकहरुको फोन नउठाएको र पैसा लिएर फरार भएको कटहरिया नगरपालिका वडा नम्बर ५ का स्थानिय पिडित अरबिन्द साहको आरोप छ ।

धनुषा जिल्लाको जनकपुर स्थित डिगम्बरपुर आफ्नो घर बताउने मनिष सिंह पछिल्लो समय काठमाण्डुको बालकुमारी क्षेत्रमा मेडिकल क्लिनिकमा बोलाई कटहरिया सहित आसपासका युवकहरुसंग ७ हजारको दरले पैसा असुलि गरेर फरार भएको कटहरियाका यूवकहरुले बताए । पैसा असुलि गरेर फरार रहेका मेनपावरका दलाल सिंहले पैसा बुझने दिन सबैको रगत र पिसाब मात्र चेँक जाँच गर्दै अन्तिम दुई महिनामा तपाईहरुलाई दुबई पठाई दिन्छु भन्नेर रुपैयाँ ठगी गरेर अहिले सम्पर्क विहीन बनेको पिडित यूवकहरुको बताउछन ।

काठमाण्डुको बालकुमारी स्थित महालक्ष्मी नगरपालिका वडा नम्बर ४ ईमाडोलमा रहेको सम्योग प्याथ ल्याब एण्ड क्लिनिकमा बोलाई कटहरियाका करिब दुई दर्जन यूवकसंग पैसा असुलि गरेको युवकहरुले बताए । १ वर्ष नाघे पनि विदेशको सपना सजाएर बसि रहेका छन । त्यती मात्र नभई, पछिल्लो समय वैदेशिक रोजगारीको नाममा मेनपावर हरुले लुट मच्चाएका छन् । वैदेशिक रोजगारीमा जानका लागि मेनपावर कम्पनीहरुले मनोमानी तरिकाले तीन देखि चार लाख रुपैयाँसम्म शुल्क लिन थालेपछि आर्थिक अवस्था कमजोर भएकाहरु विदेश जान नपाएर ठूलो समस्यामा परेका छन् ।
देशमा रोजगारी नपाएर रौतहटका युवाहरु मलेशिया, दुबई, कतार, सउदी, कुवेत लगायतका मुलुकमा रोजगारी गर्न जान खोजे पनि काठमाण्डुस्थित मेनपावरहरुले मलेशियाका लागि ३ देखि ४ लाख रुपैयाँसम्म शुल्क लिन थालेपछि गरिब, विपन्न परिवारका युवाहरु मलेशियासहितका खाडी मुलुकमा जान सकिरहेका छैनन् ।

सरकारले वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मानिने मलेशियासहित ७ वटा देशका लागि फ्रि भिसा र फ्रि टिकट लागु गरे पनि सो निर्णय कार्यान्वयन गराउन नसक्दा आर्थिक अवस्था कमजोर भएकाहरुले पैसाको अभावमा अहिले वैदेशिक रोजगारीमा जानबाट वञ्चित हुन थालेका छन् । मलेशियाका लागि मेनपावर कम्पनीहरुले पहिला एक देखि डेढ लाखसम्म मात्र शुल्क लिदै आए पनि अहिले केही महिना यता तीन देखि चार लाखसम्म रुपैयाँ लिन थालेका छन् । एक त मिटर ब्याजका कारण गाउँ घरमा ऋण पाउन मुस्किल भएको र त्यसमा पनि मेनपावर र तिनका दलालहरुले मलेशियाका लागि चार लाख रुपैयाँसम्म शुल्क लिन थालेपछि पैसाको अभावमा आफू विदेश जान नपाएको बेरोजगार यूवाहरुले बताए ।
देशमा रोजगारीको अवसर सृजना नहुँदा बाध्यतावस परिवारको गुजारा चलाउन श्रम गर्न विदेश जान खोज पनि मेनपावरहरुले चर्को शुल्क लिन थालेपछि आफू देशमा रोजगारी नै नपाएको र विदेश नै जान सकेकोले परिवारको गुजारा अब कसरी चलाउने भन्ने चिन्ता सताएको उनहरुले दुखेसो गरे ।

आफनै देशमा रोजगारी नपाएर श्रम गर्न वैदेशिक रोजगारीमा जान सोचे पनि मेनपावरहरुले चार लाख रुपैयाँ मागेकोले आफूले त्यति ठूलो र कम कहाँबाट ल्याउने भनी चिन्तामा परेको बेरोजगार यूवाहरुले बताए । महंगो शुल्कका कारण विदेश जान नपाएर जिल्लाका हजारौं हजार युवाहरु डिप्रेसनको शिकार भए पनि सरकारले यी समस्या समाधानका लागि कुनै ध्यान नदिएको युवाहरुको गुनासो छ । वैदेशिक रोजगारीको नाममा मेनपावरहरुले लुट मच्चाए पनि कुनै राजनीतिक दलका नेताले त्यस्ता मेनपावरलाई कारबाही गराउन आवाज नउठाएको भन्दै राजनीतिक दल तथा सरकारप्रति युवाहरुले आक्रोस व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once