Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
19.1 C
Kathmandu

कांग्रेस–एमाले गठबन्धन आगामी निर्वाचनसम्म अगाडि बढ्ने: शंकर पोखरेल

spot_img

दाङ,०७ जेष्ठ ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार आगामी २०८४ सालको निर्वाचनसम्म नै निरन्तर रहने दाबी गरेका छन् ।

प्रेस चौतारी दाङ शाखाले बुधबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकार ढल्ने भनेर चलाइने हल्ला निराधार रहेको स्पष्ट पार्दै कांग्रेस–एमालेको सत्ता गठबन्धन आगामी निर्वाचनसम्म नै कायम रहने बताए ।

कांग्रेस र एमालेमा सत्ता सञ्चालनमा कुनै असमझदारी नरहेको समेत उनको भनाइ छ । उनले साना दलले ठूला दलमाथि शासन गर्ने परिपाटीको अन्त्य गर्न एमाले र कांग्रेस मिलेर सरकार सञ्चालन गरेको पोखरेलको भनाइ थियो ।

महासचिव पोखरेलले सत्ता गठबन्धन चुनावी परिणामको उपज भएको उल्लेख गर्दै गठबन्धन सरकार कुनै एक दलको नीतिमा नभइ सामूहिक नीतिका आधारमा चलाइने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once