Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
16.1 C
Kathmandu

कोशी प्रदेशमा आजदेखि नयाँ अधिवेशन प्रारम्भ

spot_img

विराटनगर,०४ जेष्ठ । कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ ।

मन्त्रीपरिषद्को बैठकले गत वैशाख २४ गते बसेको बैठकले प्रदेशसभाको बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार प्रदेश प्रमुखले प्रदेशसभाको बैठक आव्हान गरेका हुन् । आजको प्रदेशसभा बैठकमा प्रदेश प्रमुखले अधिवेशन आव्हान गरेको सूचना पढेर सुनाउने, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ टेबुल हुने र प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तर्फबाट प्रदेशसभामा धारणा राख्ने कार्यक्रम छ ।

यसैबिच प्रदेश सरकारले आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम ज्येष्ठ ५ गते सोमबार प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पास गरेको र प्रदेश सभामा प्रस्तुत गर्नका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रदेश सभामा पनि आग्रह गरिएको सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once