Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
17.1 C
Kathmandu

राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा विभिन्न पदहरुमा जागिरका लागि दरखास्त आह्वान

spot_img

काठमाडौं,२ जेष्ठ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा विभिन्न पदहरुमा जागिरका लागि विज्ञापन खुलेको छ । कम्पनीले खुला र आन्तरिक प्रतियोगितात्मक परीक्षाका लागि cगरेको हो ।

आन्तरिकतर्फ व्यवस्थापक (तह ९), सहव्यवस्थापक (तह ८), नायव व्यवस्थापक (तह ७), सहायक व्यवस्थापक (तह ६) र सहायक ‘क’ (तह ५) पदका लागि विज्ञापन खुलेको छ । तह ९ र तह ६ मा एक–एक तथा अन्य पदमा २–२ जनाका लागि दरखास्त आह्वान भएको छ ।

यसैगरी खुला प्रतियोगितातर्फ पनि नवौं तहको व्यवस्थापक पदमा मधेशी समूहबाट एक जनाका लागि र आठौं तहको सहव्यवस्थापक पदमा खुला र दलित समूहबाट एक–एक जनाका लागि विज्ञापन खुलेको छ ।

यसैगरी आठौं तहमै चार्टर्ड एकाउन्टेन्ट, सातौं तहको नायव व्यवस्थापक, सातौं तहको कानुन अधिकृत, छैटौं तहको सहायक व्यवस्थापक, पाँचौं तहको सहायक ‘क’ र चौथो तहको सहायक ‘ख’ पदमा विज्ञापन खुलेको छ ।

यसैगरी कार्यसम्पादन मूल्यांकनमार्फत बढुवाका लागि ११ औंदेखि पाँचौ तहसम्मका विभिन्न पदहरुमा पनि दरखास्त आह्वान भएको छ । दरखास्त बुझाउने अन्तिम म्याद जेठ २२ गतेसम्म तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once