Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
18.1 C
Kathmandu

सार्वजनिक पोखरीमा नुहाउन पसेका रविनलालको डुबेर मृत्यु

spot_img

जनकपुर,३१ वैशाख । जनकपुरमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका-४ का ४५ वर्षीय रविनलाल कर्ण छन् ।

मंगलबार सवा ४ बजेतिर जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजार छेउमा रहेको सार्वजनिक पोखरीमा नुहाउन पसेका उनी डुबेर बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले रातिदेखि नै उनको खोजी गरेको थियो । तर, आज बुधबार मात्र उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले जानकारी दिए ।

उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once