Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
18.1 C
Kathmandu

सुनको भाउ फेरि चढ्यो, चार दिनको गिरावटपछि सुधार

spot_img

काठमाडौं,३१ वैशाख । चार दिनमै तोलामा सात हजार ४०० ले घटेको सुनको भाउ आज (बुधबार) फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८५ हजार ३०० रुपैयाँ पुगेको छ, जुन हिजोको १ लाख ८४ हजार ८०० रुपैयाँको तुलनामा ५०० रुपैयाँले बढेको हो ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला १ हजार ९६० रुपैयाँ पुगेको छ, जुन हिजोको १ हजार ९७० रुपैयाँको तुलनामा १० रुपैयाँले घटेर कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । गएको सोमबार सुनको मूल्य प्रतितोला तीन हजार सातसय रुपैयाँले घटेको थियो भने आइतबार तीनसय रुपैयाँ घटेको थियो । त्यसअघि गएको शुक्रबार प्रतितोला एक हजार चारसय रुपैयाँ घटेको थियो ।

यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । त्यसयता सुनको मूल्यमा नौ दिनमै १४ हजार चारसय रुपैयाँ गिरावट आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once