Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
18.1 C
Kathmandu

नेपालमा रेल सेवा विस्तारका लागि कोरियन कम्पनीसँग उच्चस्तरीय छलफल

spot_img

काठमाडौं,३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र दक्षिण कोरियाको ‘कोरिया रेलरोड कर्पोरेसन’ (KORAIL) का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हान मुन ही नेतृत्वको प्रतिनिधिमण्डलबीच बुधबार नेपालमा रेल सेवा विस्तारका विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सम्पन्न उक्त भेटवार्तामा करिब १२६ वर्ष लामो रेल सेवा इतिहास बोकेको कोरियन कम्पनीले नेपालको रेल पूर्वाधार विकासमा सहकार्य गर्न इच्छुक रहेको अभिव्यक्ति दिएको थियो।

भेटका क्रममा ‘स्काइ वाक’ कम्पनीद्वारा प्रस्तावित ‘एभरेष्ट रेलवे प्रोजेक्ट’ अन्तर्गत चतराधामदेखि चौरीखर्कसम्मको योजनाको एनिमेसन–भिडियो पनि प्रस्तुत गरिएको थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितको सहभागिता रहेको छलफलमा प्रधानमन्त्री ओलीले नेपालले जनकपुर क्षेत्रबाट रेल सेवा सुरु गरिसकेको उल्लेख गर्दै अन्य सम्भावित रेलमार्गहरूमा अध्ययन कार्य अघि बढिरहेको जानकारी गराए। साथै, उनले कोरियाली सहकार्यलाई स्वागतयोग्य र सकारात्मक पहलको रूपमा लिनुपर्ने बताए।

कोरिया रेलरोड कर्पोरेसनका प्रतिनिधिहरूले यसअघि भौतिक पूर्वाधार मन्त्रालय तथा लगानी बोर्डसँगको छलफलका आधारमा संयुक्त कार्यदल गठन गरेर रेल निर्माण र सम्भावित सहकार्यको अध्ययन अघि बढाउने समझदारी गरिसकेको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once