Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
spot_img
19.1 C
Kathmandu

दुईवटा समितिको बैठक बस्दै

spot_img

काठमाडौं,३० वैशाख । संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ।

आज पूर्वाधार विकास समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो।

पूर्वाधार विकास समितिको बैठक बिहान ९ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ। बैठकमा समितिको वार्षिक मस्यौदा प्रतिवेदन, २०८१ तथा समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूची रहेको छ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा मलेसियाका सांसदसँग संसदीय प्रक्रियाका बारेमा अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once