Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
spot_img
20.1 C
Kathmandu

जन जागरण सभा र पार्टी प्रवेश कार्यक्रम सम्पन्न

spot_img

पर्सा, जगरनाथपुर,२८ वैशाख । आज जगरनाथपुर गाउँपालिका वडा नम्बर ५, महुवाहामा एक भव्य जन जागरण सभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष, डा. सी.के. राउत र मधेस प्रदेशका मुख्यमन्त्री सतिंस कुमार सिंह प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए । कार्यक्रममा स्थानीय समुदायबाट ठूलो संख्यामा नागरिकहरूले जनमत पार्टीमा प्रवेश गरेका छन्।

नवप्रवेशीहरूलाई अध्यक्ष डा. राउत र मुख्यमन्त्री सिंहले फूलमाला, टोपी र खादा लगाएर स्वागत गरे ।
कार्यक्रममा पार्टीका प्रमुख कार्यकर्ताहरू जय कान्त राउत, राम्भा मिश्रा, अञ्जना गुप्ता, अनिता रौनियार, नजमा खातुन, डा. अजय यादव, ओम प्रकाश सर्राफ लगायतका नेताहरूले आ–आफ्नो विचार व्यक्त गरे।

सयौं स्थानीय नागरिकहरूको उपस्थिति र पार्टीमा प्रवेशले मधेसमा राजनीतिक सचेतना थप विस्तार भएको देखिन्छ। पार्टीका नेताहरूले भ्रष्टाचार, बेरोजगारी, सामाजिक विभेदलगायत मुद्दामा धारणा राख्दै, आम जनतालाई राष्ट्रिय स्वतन्त्र पार्टीप्रति विश्वास गर्न आग्रह गरे।

साथै पार्टीमा नयाँ सदस्यहरूको प्रवेश गराइएको थियो, जसलाई सम्मानपूर्वक स्वागत गरिएको थियो।
सम्बोधनको क्रममा डा. राउतले भने, “अब हामीले सिङ्गो मधेसमा राजनीतिक जागरण ल्याएर परिवर्तनको नेतृत्व गर्नुपर्छ । त्यैस गरि मुख्यमन्त्री सिंहले मधेस प्रदेशको समृद्धिका लागि जनमत पार्टीको सक्रियता आवश्यक रहेको भन्दै, “जनताको आवाज सुन्ने र त्यसलाई कार्यान्वयनमा ल्याउने हाम्रो मुख्य उद्देश्य हो ।

कार्यक्रमको मुख्य उद्देश्य जनजागरण र समाजमा राजनीतिक चेतना फैलाउनु रहेको छ । उपस्थित नेताहरूले पार्टीका नीति र योजनाहरू प्रस्तुत गर्दै स्थानीय जनतामा सामाजिक र राजनीतिक परिवर्तनका लागि सक्रिय भागीदारीको आह्वान गर । सभा सफलतापूर्वक सम्पन्न भएकोमा सहभागी जनसमूहले सकारात्मक प्रतिक्रिया व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once