Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
25.1 C
Kathmandu

पाकिस्तानबाट उच्च गतिको मिसाइल प्रहार: भारतीय सेनाको दाबी

spot_img

भारत । भारतीय सेनाले पाकिस्तानले उच्च गति (हाई स्पिड) को मिसाइल प्रयोग गरेको जनाको छ । पाकिस्तानसँगको जारी तनावका बीच भारतीय सेनाले प्रेस ब्रिफिङ आयोजना गरेको थियो ।

भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले शनिबार आयोजित प्रेस ब्रिफिङमा पाकिस्तानसँग सीमा जोडिएका स्थानमा भारतीय सेनाले गरेको जवाफी कारबाहीबारे उल्लेख गरिन् ।

‘पाकिस्तानी सेनाले पूरै पश्चिमी मोर्चामा आक्रामक गतिविधि जारी राख्यो । नियन्त्रण रेखामा ड्रोन घुसपैठ तथा भारी हतियारद्वारा गोलीबारी भयो,’ उनले भनिन्, ‘श्रीनगरलेखि नलियासम्म २६ स्थानमा हवाई घुसपैठको प्रयास भयो । जसमध्ये अधिकांशलाई असफल बनाइयो ।’

उनले पन्जाबको सैन्य अड्डामा राति १:४० मा उच्च गति (हाई स्पिड) मिसाइल प्रहार भयो । उनले भारतले उक्त मिसाइल निष्क्रिय बनाएको बताइन् ।

भारत र पाकिस्तानबीच जारी तनावको बीचमा लगातार चौथो दिन विदेश सचिव विक्रम मिश्रीको साथमा भारतीय स्थल सनाकी कर्णेल कुरेशी तथा भारतीय वायु सेनाकी विङ्ग कमान्डर व्योमिका सिंहले प्रेस ब्रिफिङ गरे ।

प्रेस ब्रिफिङका क्रममा विदेश सचिव मिश्रीले भने- ‘पाकिस्तानको गतिविधि लगातार उक्साउने छ । भारतले उक्त उक्साहटको जवाफ दिएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once