Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
21.1 C
Kathmandu

सरकारलाई द्वन्द्वपीडितको चेतावनी: माग बेवास्ता भए विकल्प खोजिन्छ

spot_img

काठमाडौं,२७ वैशाख । द्वन्द्वपीडितहरूले सङ्क्रमणकालीन न्याय (टीआरसी) सँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रिया खारेज गरी नयाँ प्रक्रिया सुरु गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनबमोजिम दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठन गरेको समितिले प्राप्त आवेदक मध्येबाट संक्षिप्त सूची प्रकाशन गरिसकेको छ ।

उक्त सूचीप्रति द्वन्द्वपीडितले असन्तुष्टि जनाएका छन् । पीडित समुदायको अर्थपूर्ण परामर्श र अपनत्व सुनिश्चित गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै उनीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले आम द्वन्दपीडित समुदायलाई पूणरुपमा उपेक्षा गरी अपारदर्शी, देखावटी र भागबन्डाका आधारमा आयोगमा सिफारिस गर्न लागिएको आरोप लगाएका छन् ।

पीडित समुदायको माग सम्बोधन नभए पीडितहरुको अनुवाइमा समानान्तर नागरिक आयोग गठन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

यसअघि उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सहभापति शेरबहादुर देउवालाई भेटेर पीडित पक्षबाट पनि आयोगमा राखिनुपर्ने माग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once