Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
19.1 C
Kathmandu

मोटरसाइकल चोरेर भाग्ने क्रममा टिप्परसँग ठोक्किएर दुर्घटना

spot_img

काठमाडौँ ,२७ वैशाख । काठमाडौँ महानगरपालिका–३ महाराजगन्ज स्थित नारायणगोपाल चोकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते भएका छन् ।

गएराति पौने १ बजेको समयमा नयाँ बसपार्कबाट नारायणगोपालतर्फ आएको बा.४ ख १२०३ नम्बरको टिप्परले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्क दिएको हो । दुर्घटनामा नयाँ बसपार्क तिर जाँदै गरेको बागमती प्रदेश–०२–०४१ प ३९३८ नम्बरको मोटरसाइकल चालक दर्मातान तामाङ घाइते भएका छन् । उनको अवस्था गम्भीर छ । धादिङको गजुरी घर भएका दर्तामानले सो मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित बज्रयोगिनीबाट चोरेर भागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

चोरीमा संलग्न २० वर्षीय दर्तामानको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । टिप्पर चालक फरार छन् । टिप्पर चालकको खोजी भइरहेको एसपी बोहराले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once