Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
23.1 C
Kathmandu

पर्सा जिल्ला अदालतद्वारा कानुन दिवसको भव्य आयोजना

spot_img

वीरगंज,२६ वैशाख । कानुन दिवस २०८२ को अवसरमा पर्सा जिल्ला अदालतले शुक्रबार विशेष कार्यक्रम आयोजना गर्दै भव्य रूपमा कानुन दिवस मनाएको छ । कार्यक्रममा प्रमुख आकर्षणको रूपमा नव निर्माण गरिएको न्यायकी देवी (Statue of Lady Justice) को मुर्ति अनावरण गरिएको छ, जसले नेपाली न्याय प्रणालीमा निष्पक्षता र पारदर्शिताप्रतिको प्रतिबद्धतालाई दर्शाएको छ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला न्यायाधीश दीपक खनालले न्यायकी देवीको मुर्तिको अनावरण गरे। उनले कानुनप्रति श्रद्धा, न्यायप्रणालीमा जनविश्वास, र निष्पक्ष, पारदर्शी तथा प्रभावकारी न्याय वितरणमा अदालतको प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले कानुन दिवसको अवसरमा शुभकामना मन्तव्य दिंदै जनताको मौलिक हकको संरक्षण, कानुनी चेतनाको अभिवृद्धि, तथा न्यायमा पहुँच र पारदर्शिता जस्ता विषयमा प्रकाश पारे। उनले कानुन दिवसलाई केवल औपचारिकता नभइ, कानुनी सुधार र जनसहभागिताको सशक्त माध्यमको रूपमा लिनुपर्ने धारणा राखे।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष अधिवक्ता कमलमोहन पोख्रेल, बिरगञ्ज स्कुल अफ लका अध्यक्ष अधिवक्ता चन्द्रिका प्रसाद पटेल, कानुन संकायका विद्यार्थी, अधिवक्ता, न्यायाधीश तथा कर्मचारीहरूको सक्रिय सहभागिता थियो।

वक्ताहरूले सम्बोधनमा न्याय प्रणालीलाई सरल, जनमुखी, समावेशी र आधुनिक बनाउनेतर्फ सबै सरोकारवालाबीच सहकार्य र निरन्तर संवाद आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममार्फत कानुनी चेतना अभिवृद्धि, जनविश्वासको सुदृढीकरण, र नेपाली न्याय प्रणालीप्रतिको आस्था अझ प्रगाढ हुने अपेक्षा गरिएको छ। विशेषगरी न्यायकी देवीको अनावरणलाई ऐतिहासिक तथा मूल्य–मान्यतामा आधारित न्याय प्रणालीप्रतिको श्रद्धा प्रकट गर्ने अवसरका रूपमा लिइएको छ।

पर्सा जिल्ला अदालतको यो पहलले न्यायमा सुलभ पहुँच, प्रणालीको पारदर्शिता र कानुनी सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once