Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
spot_img
17.1 C
Kathmandu

रंगशाला निर्माण रोकिए आन्दोलन हुने चेतावनी : सांसद झा

spot_img

काठमाडौं,२५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले जनकपुरमा निर्माणाधीन क्रिकेट रंगशालामा अवरोध आए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसद झाले जनकपुरमा बन्ने क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पूरा भइसकेको जानकारी गराए। उनले डीपीआर सम्पन्न भइसकेको परियोजनालाई अगाडि बढाउन ढिलाइ भइरहेको उल्लेख गर्दै निर्माण प्रक्रियामा कुनै अवरोध आए आन्दोलनको विकल्प नरहने बताए।

उनका अनुसार लक्ष्मण कुटीको नाममा रहेको १७ विघा जमिनमा साढे २ अर्ब रुपैयाँ लागतमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणको योजना अघि बढाइएको हो।

झाले खेलकुद परिषद्ले गुठी संस्थानलाई वार्षिक ९ लाख रुपैयाँ भाडा तिर्दै आएको स्मरण गराउँदै हाल प्रलोभनका कारण भाडा दर बढाएर ४९ लाख ६० हजार पुर्‍याइएकोप्रति आपत्ति जनाए।

क्रिकेट रंगशालाको अवधारणा जनकपुरका युवाहरूको प्रेरणाबाट जन्मिएको भन्दै उनले यसमा कुनै अवरोध भए जनआन्दोलनको तयारी गर्नुपर्ने अवस्था आउने स्पष्ट पारे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once