Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
23.1 C
Kathmandu

होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा ल्याउन वीरगंज महानगरको आग्रह

spot_img

वीरंगज,२४ वैशाख । बढ्दो गर्मीलाई मध्यनजर गर्दै उपकार सेवा नेपालले वीरगञ्ज महानगरपालिका–३२ स्थित श्रीमती मनमिश्रा आधारभूत विद्यालयलाई ८ थान सिलिङ पंखा सहयोग गरेको छ। गर्मीबाट राहत प्रदान गर्ने उद्देश्यले गरिएको यो सहयोग विद्यालयका ६९६ जना बालबालिकालाई प्रत्यक्ष रूपमा लाभ हुने विश्वास लिइएको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रमका बीच संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले विद्यालयका प्रधानाध्यापक राजाराम साहलाई ती पंखाहरु हस्तान्तरण गरिन्। कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश, संस्थाकी अभिभावक पद्मा देवी सरावगी, सदस्य अंकुर शर्मा, शिक्षक कृष्णमुरारी प्रसाद कलवार, विद्यालयका अन्य शिक्षक–शिक्षिका, विद्यार्थी र स्थानीय भद्रभलादमीहरूको उल्लेखनीय उपस्थिति थियो।

पंखा हस्तान्तरणपछि प्रधानाध्यापक साहले यस सहयोगले विद्यार्थीहरूलाई गर्मीमा अध्ययन गर्न सहज हुने प्रतिक्रिया दिए। अध्यक्ष सरावगीले बालबालिकाको स्वास्थ्य र सिकाइप्रति गम्भीर भएर आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रम जारी राख्ने प्रतिबद्धता व्यक्त गरिन्।

स्थानीयवासीहरूले उपकार सेवा नेपालद्वारा गरिएको यस कार्यलाई शिक्षा र सामाजिक उत्तरदायित्वतर्फको प्रेरणादायी पहल भन्दै प्रशंसा गरेका छन्। बढ्दो गर्मीको परिस्थितिमा यस प्रकारको सहयोगले विद्यालयमा सकारात्मक वातावरण निर्माणमा सहयोग पुर्‍याएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once