Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
spot_img
16.1 C
Kathmandu

विवादित व्यापारीको भोजमा सहभागी भएपछि प्रश्नको घेरामा सिंगापुरका मन्त्री र सांसद

spot_img

काठमाडौं,२३ वैशाख। सिङ्गापुरका दुई मन्त्री र सत्तारुढ दलका एक सांसद सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी देखिएका व्यापारीको भोजमा सहभागी भएको तस्वीर सार्वजनिक भएपछि विवादमा तानिएका छन् ।

विवादित व्यापारीको डिनरमा सहभागी भएको तस्वीर सार्वजनिक भएपछि सिङ्गापुरमा सरकारको छविप्रति चासो र बहस बढेको हो ।

सार्वजनिक तस्वीरहरूमा नेताहरू डिनर कार्यक्रममा सहभागी भएका देखिन्छन्, जसमा २.२ अर्ब डलरको चर्चित सम्पत्ति शुद्धीकरण प्रकरणमा दोषी ठहर भइसकेका एक व्यक्ति पनि सहभागी थिए ।

सामाजिक सञ्जालमा व्यापक रूपमा प्रचार गरिएका तस्वीरहरूमा यातायात मन्त्री चि हङ ट्याट, स्वास्थ्य मन्त्री ओङ ये कुङ्ग र सांसद तथा पूर्व शिक्षामन्त्री एन चि मङ्गलाई साइप्रस नागरिक सु हाइजिनसँग डिनरमा देखिन्छन् ।

सु हाइजिनलाई सन् २०२३ मा सिङ्गापुरमा अहिलेसम्मकै ठूलो मनी लाउन्डरिङ मामिलामध्ये एकमा दोषी ठहर गर्दै जेल सजाय दिइएको थियो।

समाचार संस्था रोयटर्सका अनुसार भाइरल तस्वीरहरू कहिले लिइएका हुन् भन्ने स्पष्ट छैन। मन्त्रीहरूको प्रेस सचिवालयले संयुक्त वक्तव्य जारी गर्दै डिनर कार्यक्रममा एक साथीको निम्तोमा गएका थिए र सु हाइजिन ‘संयोगवश त्यहाँ उपस्थित’ भएको जिकिर गरेका छन् ।

वक्तव्यमा भनिएको छ, ‘मन्त्रीहरू विभिन्न कार्यक्रम र जमघटहरूमा धेरै किसिमका व्यक्तिहरूसँग भेटघाट गर्छन्। उनीहरू सु हाइजिनलाई व्यक्तिगत रूपमा चिन्दैनन्, न त डिनर अघि वा पछि कुनै सम्पर्क वा कुराकानी भएको हो।’

सन् २०२० मा सम्पन्न चुनावमा हार व्यहोरे पनि शनिबार सम्पन्न आम निर्वाचनमा जित निकालेर सांसद निर्वाचित एन चि मङ्गले भने, ‘म श्रमिक संगठनको प्रमुखको हैसियतले थुप्रै कार्यक्रममा सहभागी हुने गरेको छु र कानुनी प्रक्रिया सुरु भएपछि सु हाइजिनसँग कुनै सम्पर्क छैन ।’

एशियाको आर्थिक केन्द्रको पहिचान बनाएको सिंगापुरमा पिपुल्स एक्सन पार्टीले ६५ वर्षदेखि अविछिन्न शासन गर्दै आएको छ र अब्बल सुशासन कायम राखेको शासन व्यवस्थाको रूपमा छबि बनाएको छ ।

शनिबारको निर्वाचनमा उक्त पार्टी फेरि भारी बहुमतका साथ विजयी भएको छ। परम्परागत रूपमा चुनावी प्रचारमा सुशासन र पारदर्शिताको प्रतीकस्वरूप पिपुल्स एक्सन पार्टीका नेताहरू सेतो पोशाकमा देखिन्छन्।

प्रधानमन्त्री कार्यालय र सत्तारुढ पार्टीले सामाजिक सञ्जालमा भाइरल तस्बिरहरूबारे टिप्पणीका लागि गरिएको अनुरोधमा तत्काल प्रतिक्रिया दिएका छैनन्।

रेडिट जस्ता अनलाइन फोरम र प्रमुख मिडिया संस्थाहरूको सामाजिक सञ्जाल पोस्टहरूमा सिङ्गापुरवासीहरूले ती मन्त्रीहरू कसरी सु हाइजिनसँग भेटिए भन्ने प्रश्न उठाएका छन्। केहीले भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई अनुसन्धान गर्न माग समेत गरेका छन्।

पछिल्लो दुई वर्षयता सत्तारूढ पार्टीका नेताहरूप्रति सार्वजनिक निगरानी बढेको छ। पूर्वयातायात मन्त्री एस. इस्वरनलाई अवैध रूपमा ३ लाख डलरको उपहार लिएको र न्यायमा बाधा पुर्‍याएको आरोपमा जेल सजाय सुनाइएको थियो।

त्यस्तै, संसदका अध्यक्ष र एक सांसदले विवाहबेत्तर सम्बन्धका कारण राजीनामा दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once