Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

बाराबाट अबैध हतियार कटुवा पेस्तोल सहित ३ जना पक्राउ

spot_img

वीरगन्ज, ३१ असार । जिल्ला प्रहरी कार्यालय बाराले अवैध हतियार सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कलैया र बरियारपुरबाट खटिएको सयुक्त प्रहरी टोलीले आइतबार महागढीमाई नगरपालिका–११ म्धुरीजब्दी बस्ने ५४ वर्षीया रमजान अंसारीले अाँप बगैचामा खालडो खनि जमिन मुनि लुकाई राखेको अबैध हतियार कटुवा पेस्तोल १ थान सहित ३ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा महागढीमाई नगरपालिका–११ मधुरी जब्दी निवासी ५४ वर्षीया रमजान अंसारी, सोही ठाँउ बस्ने २५ वर्षीया सुलतान अंसारी र ४५ वर्षीया राम कृपाल साह रहेका छन् ।

पक्राउ परेका उनीहरु माथि हातहतियार तथा खरखजना सम्बन्धि कसुरमा मुद्दा दर्ता गरि जिल्ला अदालत बाराबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक दधिरम न्योपानेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once