Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
19.1 C
Kathmandu

नेत्रज्योति संघद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

spot_img

वीरगंज । नेपाल नेत्रज्योति संघ पर्सा शाखाको आयोजनामा सोमबार वीरगंजमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । वीरगंजको माइस्थान मन्दिर परिसरमा भएको शिविरको उद्घाटन संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्याम कुमार पोखरेलले आफ्नो आँखा जाँच गराइ गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उपाध्यक्ष पोखरेलले वीरगंज महानगरपालिकाको वार्ड र ग्रामिण भेग तर्फ पनि आँखाको परिक्षण गराउनु पर्ने र सो वारे आवश्यक पहल भइरहेको वताए । नेपाल नेत्रज्योती संघ पर्साका सभापति भगवती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार, मन्दिरका पुजारी, जेष्ठ नागरिक, प्रहरी, सर्वसाधारण गरि ४५ जन्नाले आफ्नो आँखा जाँच गराएको संघ पर्साका कार्यसमिती सदस्य राजन श्रीवास्तवले जानकारी दिए ।
केडिया आँखा अस्पतालका चिकित्सक डा. रासदेव साह र अन्जली चौधरीले आँखा जाँच गर्नुको साथै आवश्यकता अनुसारको औषधि समेत वितरण गरेको उनले वताए । शिविर उद्घाटन कार्यक्रममा संघका निवर्तमान सभापति मधु राणा, उपाध्यक्ष मदन गुप्ता, गणेश प्रसाद साह, महन्थ प्रसाद यादव, फुलमहम्मद मियाँ, समिता दास, सन्तोष ज्यासवाल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन सहसचिव उमेश गुप्ताले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once