Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
19.1 C
Kathmandu

उपराष्ट्रपति यादवलाई गृह जिल्ला बारामा भव्य स्वागत

spot_img

कलैया । उपराष्ट्रपति रामसहायप्रसाद यादवको गृह जिल्ला बारामा आज भव्य स्वागत गरिएको छ । उपराष्ट्रपति भएपछि उहाँ पहिलो पटक गृहजिल्ला आउनुहुँदा उहाँलाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको हो ।
सिमरा विमानस्थलमा उपराष्ट्रपति यादवलाई मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जसपाका मधेस प्रदेश अध्यक्ष रामबाबुकुमार यादव, नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखरकुमार यादव, प्रदेश सरकाका अर्थमन्त्री सञ्जय यादव, संविधानसभा सदस्य प्रमोद गुप्ता, पूर्व मन्त्री, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, सुरक्षा निकायका प्रमुखलगायतकाले स्वागत गर्नुभएको थियो ।
उपराष्ट्रपति यादवलाई स्वागत गर्न सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहेको थियो । दुई दिनको बसाइमा उहाँ जिल्लाको विभिन्न ठाउँमा आयोजना गरिने स्वागत तथा सम्मान कार्यक्रममा सहभागी हुनुहुने निमित प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अचार्यले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once