Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
19.1 C
Kathmandu

सशस्त्र प्र.नि. भट्ट लाई २०१ किलो माला सहित नागरिक अभिनन्दन

spot_img

वीरगंज । सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्टलाई २०१ किलोको माला सहित नागरिक अभिनन्दन गरेको छ । नेपाल १३ नम्बर गण हेडक्वाटर पर्सा मातहतको सशस्त्र प्रहरी बिओपी वीरगञ्ज भन्सार कार्यालयमा कार्यरत रहनुभएका भट्ट सरुवा भएर सशस्त्र प्रहरी प्रधान कार्यालय मानव संसाधन व्यावस्थान विभागमा सरुवा भएर जान लागेकोले उनलाई नागरिक अभिनन्दन गरिएको हो ।
सशस्त्र प्रहरी निरीक्षक भट्टलाई प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले २०१ किलोको मालाले नागरिक अभिनन्दन सहित विदाई गरेको हो । २०७९ साउन ३० गते सशस्त्र प्रहरी वोर्ड आउटपोष्ट (बीओपी) वीरगञ्ज भन्सारमा सरुवा भएका आउनुभएका भट्टको कार्यकाल अत्यन्त सहयोगी र सौहार्दपूर्ण रुपमा बितेको र उहाँको कार्यशैली नागरिकमैत्री भएकोले नागरिक अभिनन्दन गरिएको हो ।
सरकारले सशस्त्र विओपीहरुमा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको दरबन्दी कायम गरेकोले छोटो समयमा नै सशस्त्र प्रहरी निरीक्षक भट्टको सरुवा भएको हो । उनी वीरगञ्जमा कार्यरत रहँदा सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रण गर्नुका साथै स्थानीयस्तरका विभिन्न सामाजिक क्रियाकलापहरुमा समेत सक्रिय रुपमा सहभागि रहेका थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once