Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
20.1 C
Kathmandu

पर्सा र बारामा दलित कार्यपालिका सदस्यहरुको संजाल गठन

spot_img

वीरगंज । दलित सशक्तिकरणको लागि ऐन २०७६ कार्यान्वयनको अवस्था : अगामी दिनमा कार्यपालिका सदस्यहरुको भूमिका विषयक जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम शुक्रबार वीरगंजमा सम्पन्न भएको छ । कार्यक्रममा वोल्ने दलित कार्यपालिका सदस्यहरुले नियम अनुसार पाउनु पर्ने सेवा सुविधाहरु आफुहरु पालिकाबाट नपाएको गुनासो गरेका छन् । आफुहरु कार्यपालिकामा अल्पमतमा रहेका कारण अर्थपूर्ण सहभागिता हुन नसकेको दलित कार्यपालिका सदस्यहरुको गुनासो छ ।
उनिहरुले गराएको जानकारी अनुसार पर्सा र बाराका अधिकांश पालिकामा दलित विकास बोर्ड गठन भएको छैन । बाराको सुवर्ण गाउँपालिकाका कार्यपालिका सदस्य शिवधारी दासले नेपाल सरकारबाट पाउनु पर्ने सेवा सुविधाहरु आफुहरु नपाएको गुनासो गरे । उनले पाउनु पर्ने सुविधाको लागि अब डटेर लडने समेत वताए । पर्साको पटेर्वा सुगौली गाउँपालिकाकी कार्यपालिका सदस्य सजिना विकले आफ्नो पालिका दलित बिकास वोर्ड गठन भएको वताइन । उनले आफ्नो पालिकामा छुवाछुत लगायतको समस्या समेत नरहेको जानकारी गराइन । ठोरी गाउँपालिकाकी कार्यपालिका सदस्य फुलमाया दर्जीले आफ्नो गाउँपालिकामा दलित विकास बोर्ड गठन नभए पनि अब गठन गराउने वताइन । उनले दलित समुदायको विकासको लागि अब योजना बनाएर कार्यन्वयन गराउन समेत वताइन ।
वीरगंजको घण्टाघरस्थित रोयल पार्टी प्यालेसमा भएको कार्यक्रममा पर्सा र बाराका दलित कार्यपालिका सदस्यको संजाल गठन भएको छ । पटेर्वा सुगौली गाउँ कार्यपालिकाकी सदस्य सजिना विकको अध्यक्षतामा १३ सदस्यीय पर्सा जिल्ला कार्यपालिका सदस्य संजाल गठन भएको हो । जुन संजालको उपाध्यक्षमा ठोरी गाउँपालिकाकी फुलमायाँ दर्जी, सचिवमा जिराभवानी गाउँपालिकाकी श्रृषि कुमार हजारा, सह सचिवमा पर्सागढीकी सुनिता कुमारी राम, कोषाध्यक्षमा वीरगंजकी नितु कुमारी राम, सदस्यहरुमा सखुवा प्रसौनी गाउँपालिकाकी दौलतिया देवी, जपसी देवी माझी, पोखरिया नगरपालिकाकी तेतरी देवी, जिराभवानीकी कोशिलिया देवी, ठोरीकी सुशिला कुर्मी र जिराभवानीकी रुनादेवी माझी चयन भएका छन् ।
यसैगरी सुवर्ण गाउँपालिकाकी विरस्पती देवीको अध्यक्षतामा बारा जिल्ला कार्यपालिका सदस्य संजाल गठन भएको छ । जुन संजालको उपाध्यक्षमा महागढीमाई नगरपालिकाकी रुपकली देवी माझी, सचिवमा करईयामाई गाउँपालिकाकी राधा देवी राम, सह सचिव बारागढी गाउँपालिकाकी अनिता बैठा, कोषाध्यक्षमा आदर्शकोत्वाल गाउँपालिकाकी रामपति देवी पासवान, सदस्यहरुमा सुवर्ण गाउँपालिकाकी धनेशरी देवी, पचरौता नगरपालिकाकी पुनित राम र आदर्शकोत्वालकी बचनी देवी राम चयन भएका छन् । दलित सरोकार मंच नेपालको आयोजनामा भएको कार्यक्रममा मंचका कार्यकारी निर्देशक भोला पासवान र पत्रकार रघुनाथ लामिक्षानेले प्रशिक्षण दिएका थिए भने सहजिकरण पत्रकार बृजलाल पासवानले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once