Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
18.1 C
Kathmandu

खो खो खेल्न वीरगंज महानगरको टोली भक्तपुर प्रस्थान

spot_img

वीरगंज, ४ फागुन । भक्तपुर नगरपालिकाको आयोजनामा भोलीदेखि हुन लागेको अन्तर नगर पुरुष खो खो प्रतियोगितामा सहभागि हुन वीरगञ्ज महानगरपालिकाको टोली आज त्यस तर्फ प्रस्थान गरेको छ ।
टोलीलाई महानगर प्रमुख राजेशमान सिंहले टिका लगाएर विदाई गर्नुभयो । प्रतियोगितामा सहभागि हुन टिम म्यानेजरसहित १४ जना भक्तपुर लागेका हुन् ।
टोलीको विदाई गर्दै महानगर प्रमुख सिंहले प्रतियोगितामा विजयी भएर आउन शुभकामना दिनुभयो ।
भोलीदेखि ९ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न नगरपालिका तथा महानगर गरी १४ वटा टिमले सहभागिताका लागि टिम दर्ता गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once