Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026
spot_img
20.8 C
Kathmandu

मुख्यमन्त्री लालबाबु राउतप्रति जन समर्थन बढदै, घरदैलोमा व्यस्त ।

spot_img

वीरगञ्ज, २६ कार्तिक ।

पर्सा क्षेत्र नम्बर १ मा पर्ने बीरगंज महानगरपालिकाको वडा नं. ५ र ७ को जेल रोड, रामटोल, कुम्हाल टोल लगायतका अन्य टोलहरुमा जसपा एमाले संयुक्त घर दैलो तथा चुनावी प्रचार प्रसार एवं मतदता भेंटघाट कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ र ७ मा जसपा–एमाले गठबन्धनले चुनावी घरदैलो गर्दै जसपाबाट प्रदेशसभा सदस्य उम्मेदवार मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दीले मतदातालाई भेटेर जसपालाई मतदान गर्न आग्रह गरेका छन् । मधेश र मधेशका जनताको पहिचान, अधिकार र आत्मसम्मान जसपाकै कारण प्राप्त भएको भन्दै उनले भने, ‘नागरिकता लगायत केहि मुद्धा अझै सम्बोधन हुन बाँकी छन्, ती पुरा गराउन फेरि जसपाले अवसर पाउनुपर्छ ।’

मतदातासँगको भेटघाटमा प्रदेशसभा सदस्य उम्मेदवार मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दी प्रति जनसमर्थन बढदै गएको र आउने दिनमा मुख्यमन्त्रीको नै जित हुने स्थानीयले विश्वास दिलाए । विकास र जनताको सेवा नै आफ्नो मूल एजेन्डा विगतमा पनि रहेको र आगामी दिनमा पनि रहने गद्दीले जनतासँग प्रतिबद्धता जनाए । चुनावी घरदैलो कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष युवा नेता प्रदिप चौरसिया, वडा नं. १६ का पुर्व वडा अध्यक्ष श्याम बाबु चौरसिया लगायत जसपा र एमालेका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो । जसपाका बीरगंज महानगर युवा नेता ईश्वचन्द्र यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once