मधेस र देशभर अहिले पाँच दलीय गठबन्धनकै लहर छ : अजय चौरसिया

spot_img

वीरगञ्ज, १७ कार्तिक

पर्सा क्षेत्र नम्बर २ को प्रतिनिधीसभा सदस्यमा पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार अजय चौरसियाले कम्युनिष्ट शासन भएको देशको इशारामा जसपाले मधेस विरोधी एमालेसंग अपबित्र गठबन्धन गरेको बताएका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा बिहीबार राति आयोजित चुनावीसभालाई सम्बोधन गर्दै काँग्रेस उम्मेदवार चौरसियाले भने ,‘ उत्तरको छिमेकी राष्ट्र चीनको इशारामा जसपा सत्ता गठबन्धन छाडेर अचानक मधेस विरोधी एमालेसंग मिल्यो , जुन देशमा कम्युनिष्ट शासन छ , जहा जनताले भोट दिन पनि पाउदैनन् । उनले जसपाले जिते केन्द्रमा केपी ओलीलाई समर्थन गर्ने र एमाले सरकारले फेरि मधेसीलाई अधिकारबाट बन्चित गराउने बताए ।

मधेसका अधिकारका लागि सधै वकालत गर्ने पार्टी काँग्रेस , लोसपा , माओवादी र नेकपा एस रहेको जिकिर उनले गरे । तर यदि जसपा जित्यो भने केन्द्रमा ओलीलाई समर्थन गरेर सरकार बनाउछ , जुन ओली सरकारले न कहिल्यै मधेसलाइ अधिकार दियो न दिनेछ , उनले भने । त्यसका कारण पाँच दलीय गठबन्धनलाइ मत दिएर जिताउन उनले आग्रह गरे । उनले आफुले चुनाव जिते पर्सा क्षेत्र नम्बर २ मा सुविधा सम्पन्न बृद्धाश्रम बनाउने वाचा गरे । यसका साथै एउटा प्राविधिक क्याम्पस स्थापना गर्छु , जुन क्याम्पसमा यस क्षेत्रका युवा , युवतीहरुले प्राविधीक अध्ययन गरेर र तालिम लिएर रोजगारी गर्ने छन् , उनले भने । उनले मधेस र देशभर अहिले पाँच दलीय गठबन्धनकै लहर रहेको जिकिर पनि गरे । उनले भने ,‘ अबको चुनावबाट मधेसमा पनि पाँच दलीय गठबन्धनकै सरकार बन्छ , केन्द्रमा पनि यहि गठबन्धनको सरकार बन्छ , दुवै सरकारले मधेस र देशलाई समृद्ध बनाउछ ।

चुनावीसभालाई गठबन्धनबाट लोसपाका प्रदेशसभासदस्य उम्मेदवार रमेश कुर्मी, मधेस प्रदेशका पूर्वमन्त्री ओम प्रकाश सर्राफ , पर्सागढी नगरपालिकाका पूर्व मेयर लोकनारायण , बहुदरमाई का पुर्व मेयर नितेन्द्र साह, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि दिना प्रसाद गुप्ता,ओम कृष्ण लामिछाने, राधेश्याम चौरसिया, नेपाली कांग्रेस क्षेत्र नं २को क्षेत्रीय सभापति मोहम्मद सहाबुदिन, एकिकृत समाजवादी पार्टी का महानगर अध्यक्ष मनोज चौधरी,लोसपा का केन्द्रिय सदस्य मौवलान साविर अंसारी,नेकपा माओवादीका केन्द्रका प्रमेश्वर यादव, नेपाल काग्रेस २(ख) को सभापति शैलेन्द्र उपाध्याय, वीरगञ्ज महानगरपालिका वडा नं २८ का वडा अध्यक्ष सर्युग महतो यादव लगायतको सहभागिता रहेको थियो भने स्वागत मन्तव्य क्षेत्रीय सदस्य संजय ले गरेका थिए भने कार्यक्रमको अध्यक्षता बुथ सभापति शिवम लामिछाने थियो भने कार्यक्रम सञ्चालन धिरज ले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once